बजेटमा आयकर छुट सीमा १२ लाख पुर्याउन सुझाव
२०८३ जेठ १०

आगामी बजेटमा आयकर छुट सीमा बढाएर १२ लाख पुर्याउनसहित कर सुधारका विभिन्न सुझाव दिइएका छन्।
आगामी बजेटका लागि आयकर छुट सीमा बढाएर विवाहितको लागि १२ लाख र अविवाहितको लागि १० लाख पुर्याउन अर्थ मन्त्रालयलाई सुझाव दिइएको छ। संसदीय समिति, अर्थविद् र सरोकारवालाको बैठकले २७ बुँदे प्रस्ताव पेस गरेको हो। कर प्रणाली सुधार, फेसलेस कर अडिट लागू र कवाडी व्यवसायलाई भ्याट दायरामा ल्याउन पनि सिफारिस गरिएको छ।
Tags:
#छोटोखबर #बजेट२०८३ #आयकर #अर्थमन्त्रालय #करसुधार #नेपालअर्थतन्त्र #वित्तनीति #नीतिसुझाव
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

