राष्ट्रियसभाका लागि कांग्रेसले टुंगो लगायो ९ उम्मेदवार
२०८२ पौष २३

कांग्रेसले कोसी प्रदेशबाट सुनिल बहादुर थापा, मधेसबाट धमेन्द्र पासवान र सञ्जत कर्ण, बागमतीबाट गीता देवकोटा, गण्डकीबाट जगत तिमल्सिना, लुम्बिनीबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णालीबाट ललितबहादुर शाही र सुदूरपश्चिमबाट खम्मबहादुर खातीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि ९ जना उम्मेदवारको नाम टुंगो लगाएको छ। सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले प्रदेशअनुसार उम्मेदवार चयन गरेको हो। एमाले र जसपा नेपालसँगको तालमेल सहमतिअनुसार कोसीदेखि सुदूरपश्चिमसम्मका प्रतिनिधि तय गरिएका छन्। कांग्रेसले सहमतिअनुसार उम्मेदवारी अघि बढाएको जनाएको छ।
Tags:
#नेपालीकांग्रेस #राष्ट्रियसभा #निर्वाचन #उम्मेदवार #पार्टीनिर्णय #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

कांग्रेस विवाद मुद्दा हेर्दाहेर्दैमा
२०८३ बैशाख ३

रास्वपाको प्रमुख सचेतकमा बुर्लाकोटी चयन
२०८३ बैशाख ३

लेखा समिति सभापतिमा भरत खड्काको उम्मेदवारी
२०८३ बैशाख ३

रास्वपाद्वारा समिति सभापतिका उम्मेदवार तय
२०८३ बैशाख ३