Choto Khabar Logo

नारायणकाजी श्रेष्ठद्वारा राष्ट्रिय सभा सदस्यबाट राजीनामा, प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारी दिने

२०८२ माघ ४
नारायणकाजी श्रेष्ठद्वारा राष्ट्रिय सभा सदस्यबाट राजीनामा, प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारी दिने
२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सी उम्मेदवारी दर्ता हुने भएकाले त्यसको दुई दिनअघि उनले राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा दिएका हुन्।
राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले आज पदबाट राजीनामा दिएका छन्। संघीय संसद् सचिवालयका अनुसार उनी प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा छन्। श्रेष्ठको राष्ट्रिय सभा कार्यकाल २० फागुनमा सकिँदै थियो। यसअघि प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष निर्वाचनमा उनले मकवानपुर र गोरखाबाट चुनाव लडेका थिए।

Tags:

#नारायणकाजीश्रेष्ठ #राजीनामा #राष्ट्रियसभा #प्रतिनिधिसभा #निर्वाचन #नेपालीराजनीति #संघीयसंसद #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू