Choto Khabar Logo

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा–खड्काको निवेदन दर्ता

२०८३ भाद्र ९
कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा–खड्काको निवेदन दर्ता
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा पुगेपछि देउवा र खड्काले १५औँ महाधिवेशन रोक्न कानुनी पहल गरेका छन्।
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५औँ महाधिवेशन रोक्न माग गर्दै दिएको पूरक निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ। कांग्रेसको आधिकारिकता विवाद टुंगो नलागेसम्म महाधिवेशनका सम्पूर्ण प्रक्रिया रोक्न माग गरिएको छ। विशेष महाधिवेशनबाट बनेको गगन थापा नेतृत्वको कार्यसमितिले भने महाधिवेशनको तालिका सार्वजनिक गरिसकेको छ। निवेदनमाथि भदौ ११ मा पेसी तोकिएको छ।

Tags:

#छोटोखबर #नेपालीकांग्रेस #शेरबहादुरदेउवा #पूर्णबहादुरखड्का #सर्वोच्चअदालत #१५औँमहाधिवेशन #राजनीति #नेपाल

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू