नेपाल समूह चरणबाट बाहिरियो, वेस्ट इन्डिज सुपर ८ मा
admin admin
२०८२ फाल्गुण ४

नेपाल दुई पटकको टी-२० विश्वकप विजेता वेस्ट इन्डिजसँग ९ विकेटले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ ।
आईसीसी टी–२० विश्वकप २०२६ मा नेपाल आफ्नो तेस्रो खेलमा वेस्ट इन्डिजसँग ९ विकेटले पराजित हुँदै समूह चरणबाट बाहिरिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दीपेन्द्र सिंह ऐरीको ५८ रनको अर्धशतक र सोमपाल कामीको २६ रनको अविजित इनिङ्सको बाबजुद १३३ रन मात्र बनाउन सक्यो। वेस्ट इन्डिजले १५.२ ओभरमा लक्ष्य पूरा गर्यो। नेपाल लगातार तीन हारपछि अंकविहीन रहेको छ भने वेस्ट इन्डिज सुपर ८ मा पुगेको छ ।
Tags:
#छोटोखबर #नेपालीक्रिकेट #टी२०विश्वकप #दीपेन्द्रसिंहऐरी #सोमपालकामी #नेपाल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्