कांग्रेस कार्यसम्पादन समितिको अपिल: विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन आग्रह
२०८२ पौष २४

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार साँझ बसेको बैठकले विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन अपिल गरेको हो ।
नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन पक्षधरलाई अपिल गरेको छ। सानेपामा बसेको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्ताव पेस गरेका थिए। विशेष महाधिवेशन अवैधानिक भएको दाबी गर्दै केन्द्रीय कार्यालयले प्रतिनिधिलाई सहभागी नहुन आग्रह गरेको छ।
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


