Choto Khabar Logo

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दिए राजीनामा

२०८३ श्रावण २८
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दिए राजीनामा
समर्थन गुमाएर अल्पमतमा परेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा घोषणा गरेका छन्।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। बिहीबार प्रदेशसभामा सम्बोधन गर्दै उनले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा बुझाउने जानकारी दिए। बजेटप्रति असहमति जनाउँदै नेकपा एमालेले गत असार ३१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाह अल्पमतमा परेका थिए। समर्थन फिर्ताको ३०औँ दिनमा उनले राजीनामा घोषणा गरेका हुन्। अब प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन्।

Tags:

#छोटोखबर #सुदूरपश्चिम #कमलबहादुरशाह #मुख्यमन्त्री #राजीनामा #प्रदेशसरकार #नेपालसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू