परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने
२०८३ भाद्र ३

परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको नेपाली टोली संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क जाने भएको छ।
परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएका छन्। न्युयोर्कमा आयोजना हुने महासभामा सहभागी हुन खनाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भ्रमणलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले भ्रमण स्वीकृत भएको जानकारी दिएका छन्। नेपाली प्रतिनिधिमण्डलले महासभामा नेपालको प्रतिनिधित्व गर्ने भएको छ।
Tags:
#छोटोखबर #शिशिरखनाल #परराष्ट्रमन्त्री #संयुक्तराष्ट्रसंघ #महासभा #यूएन #न्युयोर्क #नेपालीप्रतिनिधिमण्डल #नेपालकोकूटनीति #अन्तर्राष्ट्रियसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४