आगामी कार्यतालिकामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम छैन
२०८३ श्रावण २१

प्रतिनिधि सभाको आगामी एक महिनाको कार्यतालिकामा प्रधानमन्त्रीसँगको अनिवार्य प्रश्नोत्तर कार्यक्रम समावेश गरिएको छैन।
सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको प्रतिनिधि सभाको साउन १५ देखि भदौ १५ सम्मको कार्यतालिकामा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम समावेश गरेको छैन। नियमावलीले महिनामा एकपटक यस्तो कार्यक्रम अनिवार्य गरेको भए पनि आगामी १० वटा बैठकमध्ये कुनैमा पनि यसलाई राखिएको छैन। विपक्षी दलहरूले सरकार संसद्प्रति जबाफदेही हुन नचाहेको आरोप लगाएका छन्।
Tags:
#छोटोखबर #प्रतिनिधिसभा #प्रधानमन्त्री #प्रश्नोत्तर #संसद #संसदीयकार्यसूची #नेपालराजनीति #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४