सामान्य सुधारसँग सेयर बजारमा हरियाली, नेप्से २.५७ अंकले बढ्यो
२०८३ जेठ २७

सामान्य सुधारसहित बुधबार नेप्से बढ्दा ४ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
बुधबार सेयर बजार परिसूचक नेप्से २.५७ अंकले बढेर २७३६.१७ विन्दुमा पुगेको छ। १२७ कम्पनीको मूल्य बढ्दा १३४ कम्पनीको घट्यो र १० कम्पनी स्थिर रहे। कुल ४ अर्ब २९ करोड ७४ लाख रुपैयाँको कारोबार भएको छ। कालिन्चोक हाइड्रो, सोपान फर्मास्युटिकल्स, एपोलो हाइड्रो, सप्तकोसी विकास बैंक र बुंगल हाइड्रो उच्च कारोबार हुने कम्पनी बने।
Tags:
#छोटोखबर #सेयरबजार #नेप्से #पूँजीबजार #लगानी #शेयरकारोबार #आर्थिकसमाचार #नेपालअर्थतन्त्र
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


