आगामी मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव
२०८३ जेठ २२

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि असार ५ गतेभित्र सुझाव माग गरेको छ।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि सर्वसाधारण र संघसंस्थासँग सुझाव माग गरेको छ। इच्छुक पक्षले असार ५ गतेभित्र इमेलमार्फत सुझाव पठाउन सक्नेछन्। साउन १५ गतेभित्र मौद्रिक नीति सार्वजनिक गरिनेछ। बैंकिङ क्षेत्रमा अधिक तरलता, न्यून कर्जा प्रवाह, बढ्दो महँगी र घट्दो ब्याजदर व्यवस्थापन प्रमुख चुनौतीका रूपमा देखिएका छन्।
Tags:
#छोटोखबर #नेपालराष्ट्रबैंक #मौद्रिकनीति #अर्थतन्त्र #बैंकिङक्षेत्र #महँगी #ब्याजदर #आर्थिकसमाचार #नेपाल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


