नेपाली कांग्रेसद्वारा गगन–विश्वलाई ५ वर्षका लागि पार्टीबाट निष्कासन
२०८२ पौष ३०

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णय विपरीत विशेष महाधिवेशन गरेकाले उनीहरूलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको जनाइएको छ।
नेपाली कांग्रेसले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पाँच वर्षका लागि निष्कासन गरेको छ । विशेष महाधिवेशन आह्वान गरेकाले उनीहरुमाथि कारबाही गरिएको बताइएको छ। पार्टी विभाजन रोक्न भन्दै विभिन्न चरणमा नेताहरू छलफलमा बसेका थिए । यद्दपि, छलफलबाट ठोस निष्कर्ष निस्किएको थिएन। तत्पश्चात थापा र शर्माले बन्द सत्रको हलले गरेको निर्णय नै अन्तिम निर्णय हुने भन्दै निर्वाचन समिति गठन गरी चुनावी प्रक्रिया अघि बढाएका थिए ।
Tags:
#नेपालीकांग्रेस #गगनथापा #विश्वप्रकाशशर्मा #विशेषमहाधिवेशन #पार्टीनिष्कासन #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

कांग्रेस विवाद मुद्दा हेर्दाहेर्दैमा
२०८३ बैशाख ३

रास्वपाको प्रमुख सचेतकमा बुर्लाकोटी चयन
२०८३ बैशाख ३

लेखा समिति सभापतिमा भरत खड्काको उम्मेदवारी
२०८३ बैशाख ३

रास्वपाद्वारा समिति सभापतिका उम्मेदवार तय
२०८३ बैशाख ३