Choto Khabar Logo

स्पीनरअगाडि नेपाली ब्याटिङ धराशायी, १२३ रनमै अलआउट

२०८२ माघ २९
स्पीनरअगाडि नेपाली ब्याटिङ धराशायी, १२३ रनमै अलआउट
सुपर ८ मा पुग्ने सम्भावना जोगाउन जित अनिवार्य रहेको खेलमा कमजोर ब्याटिङ प्रदर्शनपछि नेपालले इटलीलाई सामान्य लक्ष्य मात्र प्रस्तुत गरेको छ।
आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत इटलीविरुद्ध नेपाल १९.३ ओभरमा १२३ रनमै अलआउट भयो। आरिफ शेखले २७, रोहित पौडेलले २३ र आसिफ शेखले २० रन बनाए। इटलीका स्पीनर क्रिसन कालुगमागेले ३ तथा बेन्जामिन मानेन्टीले २ विकेट लिए। स्पीन आक्रमणसामु नेपाली ब्याटिङ दबाबमा देखियो। दुवै टोली पहिलो जितको खोजीमा छन्।

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्