अमेरिकाले ६० व्यापारिक साझेदारमाथि नयाँ आयात शुल्क लागू
२०८३ श्रावण ८

अमेरिकाले नयाँ आयात शुल्क लागू गरेपछि चीनसहित प्रमुख व्यापारिक साझेदारसँगको व्यापारिक तनाव फेरि बढ्ने संकेत देखिएको छ।
अमेरिकाले शुक्रबारदेखि चीन, भारत, युरोपेली संघसहित ६० व्यापारिक साझेदारमाथि १० देखि १२.५ प्रतिशतसम्म नयाँ आयात शुल्क लागू गरेको छ। चीनसहित केही मुलुकले कडा विरोध जनाएका छन्। ट्रम्प प्रशासनले जबरजस्ती श्रम नियन्त्रण र व्यापार सन्तुलनलाई आधार बनाएको दाबी गरेको छ भने विश्लेषकहरूले यसले विश्व व्यापार तनाव थप चर्किन सक्ने बताएका छन्।
Tags:
#छोटोखबर #अमेरिका #ट्रम्प #व्यापारयुद्ध #आयातशुल्क #चीन #विश्वव्यापार #अर्थतन्त्र
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

बंगलादेशका राष्ट्रपति शाहाबुद्दीनले दिए राजीनामा
२०८३ श्रावण ८