उज्यालो नेपाल पार्टी अन्य पार्टीसँग एकीकरणमा जाँदैन: कुलमान घिसिङ
२०८२ पौष ३०

पूर्वमन्त्री समेत रहेका घिसिङले बुधबार सामाजिक सञ्जालमार्फत नेपाली कम्युनिस्ट पार्टीसहित अन्य पार्टीसँग एकीकरण हुने प्रचार असत्य भएको खण्डन गरेका छन्।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अन्य पार्टीसँग एकीकरण नहुने स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमा फैलिएको एकीकरणको हल्ला भ्रामक र असत्य भएको उनले बताएका छन् । विशेषगरी नेकपासँग एकीकरणको चर्चा गलत रहेको उल्लेख गर्दै पार्टी भविष्यमा पनि एक्लै अघि बढ्ने उनको भनाइ छ ।
Tags:
#उज्यालोनेपालपार्टी #कुलमानघिसिङ #राजनीतिकसमाचार #एकीकरण #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्



