नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु
२०८२ पौष १८

महाधिवेशनलाई लिएर चर्किरहेको विवादबीच यो बैठकलाई महत्त्वका साथ हेरिएको छ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सानेपामा सुरु भएको छ। महाधिवेशन विवादका बीच सभापति देउवा पक्षले बैठक बोलाएको हो। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगित गरी विशेष महाधिवेशनको विकल्प अघि राख्दा पार्टीभित्र तनाव बढेको छ। बैठकमा महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने अपेक्षा छ।
Tags:
#छोटोखबर#कांग्रेस #महाधिवेशन #राजनीति
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


