सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले लिए शपथ
२०८३ श्रावण २९

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमा नियुक्त खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका छन्।
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख नजिर मियाँसमक्ष उनले शपथ लिएका हुन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेशसभा संसदीय दलका नेता भट्ट नेकपा एमाले र नेकपाबीच भएको तीनबुँदे सहमतिअनुसार दुई दलको गठबन्धनबाट मुख्यमन्त्री बनेका हुन्। यसअघि कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।
Tags:
#छोटोखबर #खगराजभट्ट #सुदूरपश्चिम #मुख्यमन्त्री #प्रदेशसरकार #नेपालसमाचार #राजनीति
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४