रास्वपा सांसद मनिष झाको टिप्पणी– सरकारमाथि शंका छैन, सञ्चालनमा ढङ्ग पुगेन
२०८३ श्रावण २२

मनिष झाले सरकारमाथि विश्वास भए पनि राज्य सञ्चालनको शैली र व्यवहार सुधार्नुपर्ने बताएका छन्।
रास्वपा सांसद मनिष झाले सरकारमाथि कुनै शंका नभए पनि राज्य सञ्चालनमा आवश्यक ढङ्ग नपुगेको टिप्पणी गरेका छन्। प्रतिनिधिसभामा बोल्दै उनले संविधान र लोकतन्त्रलाई राज्य सञ्चालनको मूल आधार बनाउनुपर्ने बताए। मधेशमा तत्कालको समस्या समाधान भए पनि असन्तुष्टिको कारण कायमै रहेको भन्दै सरकारलाई सचेत हुन आग्रह गरे। निजी क्षेत्र सरकारको धरपकडबाट त्रसित भएको दाबी गर्दै उनले व्यवहार सुधार्नुपर्नेमा जोड दिए।
Tags:
#छोटोखबर #मनिषझा #रास्वपा #प्रतिनिधिसभा #सरकार #लोकतन्त्र #मधेश #राज्यसञ्चालन
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४