गगन थापा भन्छन्: नेपाली कांग्रेस फुटेको छैन, पार्टी अझै एक छ
admin admin
२०८२ पौष ३०

देउवा पक्षबाट कारबाहीमा परेका थापाले कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी नभएको बताएका छन् ।
नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी अझै फुटेको छैन भनी स्पष्ट पारेका छन्। भृकुटीमण्डप विशेष महाधिवेशनको क्रममा पार्टी एक रहेको र जे निर्णय हुन्छ, त्यसलाई संविधानअनुसार अघि बढाइने उनले बताए। देउवाको नेतृत्वमा रहेको समिति भंग भइसकेको र नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढिरहेको उनको भनाइ छ । कार्यकर्तालाई शान्तिपूर्ण रहन र पार्टी चिन्ह वा झण्डाबारे चिन्ता नगर्न समेत थापाले अनुरोध गरेका छन्।
Tags:
#नेपालीकांग्रेस #गगनथापा #विशेषमहाधिवेशन #शेरबहादुरदेउवा #पार्टीएकता #कांग्रेससमाचार #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

