कानुनमन्त्री व्यस्त भएपछि प्रतिनिधि सभा बैठक बिहीबारसम्म स्थगित
२०८३ असार २४

कानुनमन्त्रीको व्यस्तताका कारण प्रतिनिधि सभा बैठकका महत्त्वपूर्ण कार्यसूचीहरू बिहीबारका लागि सारिएका छन्।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम राष्ट्रिय सभामा प्रतिस्थापन विधेयकमाथिको छलफलमा व्यस्त भएपछि प्रतिनिधि सभा बैठक बिहीबार बिहान ११ बजेसम्म स्थगित गरिएको छ। बैठकमा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, अख्तियारको वार्षिक प्रतिवेदन तथा राष्ट्रिय सेवा दल विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची रहेको थियो।
Tags:
#छोटोखबर #प्रतिनिधिसभा #संघीयसंसद #सोबितागौतम #संसदीयकार्य #राष्ट्रियसेवादलविधेयक #महान्यायाधिवक्ता #अख्तियार #नेपालराजनीति
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


