माघ २ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको तयारी
२०८२ पौष २५

निर्वाचन आचारसंहिता लागू भएपछि सरकारले नियुक्ति, सरूवा बढुवा लगायतका काम गर्न निर्वाचन आयोगको परामर्श लिनुपर्छ।
निर्वाचन आयोगले माघ २ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ। कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहितको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसँग जानकारी गराउनेछ। आचारसंहिता लागू भएपछि सरकारका नियुक्ति, सरुवा, बजेट खर्चमा आयोगको परामर्श आवश्यक हुनेछ। पुस ३० गते दलहरूलाई आचारसंहितामा हस्ताक्षर गराइनेछ।
Tags:
#छोटोखबर #निर्वाचनआयोग #निर्वाचनआचारसंहिता #राजनीति #प्रतिनिधिसभानिर्वाचन #नेपाल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


