सरकारी कर्मचारीको वैदेशिक भ्रमणमा प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति अनिवार्य
२०८३ श्रावण २९
सरकारी कर्मचारीको वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य गर्दै फर्किएपछि सिकाइ र अनुभव पाँच दिनभित्र सहकर्मीमाझ बाँड्नुपर्ने व्यवस्था गरिएको छ।
सरकारी तथा निजामती कर्मचारीले वैदेशिक भ्रमणमा जानुअघि अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने भएको छ। भ्रमणलाई व्यवस्थित र मितव्ययी बनाउन प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय, आयोग तथा निकायलाई परिपत्र गरेको हो। स्वीकृतिबिना कर्मचारीको मनोनयन र भ्रमण रोकिएको छ। विदेशबाट फर्किएका कर्मचारीले कार्यालयमा हाजिर भएको पाँच दिनभित्र भ्रमणबाट प्राप्त ज्ञान, सीप र अनुभव सहकर्मीमाझ अनिवार्य रूपमा आदानप्रदान गर्नुपर्ने व्यवस्था गरिएको छ।
Tags:
#छोटोखबर #सरकारीकर्मचारी #वैदेशिकभ्रमण #प्रधानमन्त्रीकार्यालय #निजामतीसेवा #सरकारीसेवा #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४