Choto Khabar Logo

एन्फा अध्यक्ष नेम्बाङसहित २४ जनाको पासपोर्ट कालोसूचीमा, विदेश यात्रा रोकियो

२०८३ बैशाख १३
एन्फा अध्यक्ष नेम्बाङसहित २४ जनाको पासपोर्ट कालोसूचीमा, विदेश यात्रा रोकियो
अनियमितता छानबिनका कारण एन्फा अध्यक्षसहित २४ जनाको पासपोर्ट कालोसूचीमा राखेर विदेश यात्रा रोकिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजबिक्रम नेम्बाङसहित २४ जनाको पासपोर्ट कालोसूचीमा परेको छ। आर्थिक अनियमितताबारे छानबिनका लागि खेलकुद परिषदको सिफारिसपछि अध्यागमन विभागले विदेश यात्रा रोक्ने निर्णय गरेको हो। यससँगै उनीहरूको क्यानडामा हुने फिफा कंग्रेस भ्रमण अनिश्चित बनेको छ। एन्फा र खेलकुद परिषदबीच लामो समयदेखि विवाद जारी छ।

Tags:

#छोटोखबर #एन्फा #पंकजबिक्रमनेम्बाङ #फुटबल #नेपालसमाचार #पासपोर्टकालोसूची

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू