सार्वजनिक संस्थानको कुल सम्पत्ति एक वर्षमै करिब पौने ३ खर्बले बढ्यो
२०८३ जेठ १३

सार्वजनिक संस्थानहरूको सम्पत्ति, लगानी र नाफा बढेसँगै समग्र वित्तीय अवस्था सुधारिएको देखिएको छ।
सरकारी स्वामित्वका बैंकमा निक्षेप र कर्जा बढेसँगै सार्वजनिक संस्थानहरूको कुल सम्पत्ति आर्थिक वर्ष २०८१/८२ मा ३२ खर्ब ६ अर्ब पुगेको छ। यो अघिल्लो वर्षभन्दा ९.४९ प्रतिशत बढी हो। अर्थ मन्त्रालयका अनुसार स्थिर सम्पत्ति, लगानी, कर्जा र नगद मौज्दातमा वृद्धि हुँदा संस्थानहरूको वित्तीय अवस्था सकारात्मक देखिएको छ, यद्यपि चालु सम्पत्ति भने केही घटेको छ।
Tags:
#छोटोखबर #सार्वजनिकसंस्थान #अर्थतन्त्र #नेपालअर्थव्यवस्था #बैंकिङ #लगानी #निक्षेप #कर्जा #आर्थिकवृद्धि #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

