प्रतिनिधिसभा नियमावलीविरुद्ध कांग्रेस सर्वोच्चमा
२०८३ असार २६

प्रतिनिधिसभा नियमावलीका विवादित प्रावधान बदरको माग गर्दै नेपाली कांग्रेस सर्वोच्च अदालत पुगेको छ।
नेपाली कांग्रेसले प्रतिनिधिसभा नियमावलीका केही प्रावधान संविधानविपरीत रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ। संविधान संशोधन, विशेषाधिकार र सांसद निलम्बनसम्बन्धी व्यवस्थाले संवैधानिक मर्म उल्लंघन गरेको भन्दै नियमावलीका विवादित प्रावधान बदर गर्न माग गरिएको छ। रिटमाथिको सुनुवाइ असार ३१ गते तोकिएको छ।
Tags:
#छोटोखबर #नेपालीकांग्रेस #सर्वोच्चअदालत #प्रतिनिधिसभा #नियमावली #संविधानसंशोधन #नेपालसमाचार #रिट
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

