Choto Khabar Logo

जय नेपाल पार्टीको मुख्य एजेन्डा संवैधानिक राजसंस्था र हिन्दु अधिराज्य

२०८३ श्रावण २१
जय नेपाल पार्टीको मुख्य एजेन्डा संवैधानिक राजसंस्था र हिन्दु अधिराज्य
जय नेपाल पार्टीले संवैधानिक राजसंस्था र हिन्दु अधिराज्यलाई आफ्नो प्रमुख राजनीतिक एजेन्डा बनाउने घोषणा गरेको छ।
जय नेपाल पार्टीका अध्यक्ष डा. धवलशमशेर जबराले नवगठित पार्टीले हिन्दु अधिराज्य, संवैधानिक राजसंस्थाको पुनःस्थापना र लोकतान्त्रिक प्रणालीलाई मुख्य एजेन्डा बनाउने बताएका छन्। उनले सक्रिय होइन, अभिभावकीय भूमिकाको संवैधानिक राजसंस्था चाहिएको स्पष्ट पारे। साथै, राप्रपाले राजतन्त्र र हिन्दु राष्ट्रको मुद्दा प्रभावकारी रूपमा अघि बढाउन नसकेको आरोप लगाए।

Tags:

#छोटोखबर #जयनपालपार्टी #धवलशमशेरजबरा #संवैधानिकराजसंस्था #हिन्दुअधिराज्य #लोकतन्त्र #नेपालराजनीति #नेपालसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू