Choto Khabar Logo

शेरबहादुर देउवाले गरे कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला उद्घाटन

२०८३ श्रावण २९
शेरबहादुर देउवाले गरे कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला उद्घाटन
शेरबहादुर देउवाले कांग्रेस संस्थापन इतर पक्षको तीनदिने राष्ट्रिय भेलाको उद्घाटन गरेका छन्।
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले शुक्रबार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेलाको उद्घाटन गरेका छन्। डा. शशांक कोइरालाको सभापतित्वमा सुरु भएको तीनदिने भेलामा संस्थापन इतर पक्षका नेता तथा कार्यकर्ता सहभागी छन्। उद्घाटन समारोहमा पूर्णबहादुर खड्का, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र विजयकुमार गच्छदारलगायत नेताहरू सहभागी छन्।

Tags:

#छोटोखबर #नेपालीकांग्रेस #शेरबहादुरदेउवा #शशांककोइराला #राष्ट्रियभेला #कांग्रेस #नेपालसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू