भदौ १० गते संसद्मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने
२०८३ भाद्र १

सभामुख अर्यालले भदौ १० गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने समय निर्धारण गरेका छन्।
प्रतिनिधिसभामा यही भदौ १० गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। सभामुख डोलप्रसाद अर्यालले कार्यक्रमका लागि समय निर्धारण गरेका हुन्। प्रतिनिधिसभा नियमावलीको नियम ५६ अनुसार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर प्रत्येक महिनाको पहिलो हप्तामा सञ्चालन गर्नुपर्ने व्यवस्था छ। प्रश्न गर्न इच्छुक सांसदले बैठक सुरु हुनुभन्दा तीन दिनअघि प्रश्नको विषयबारे सभामुखलाई लिखित जानकारी गराउनुपर्ने प्रावधान रहेको छ।
Tags:
#छोटोखबर #प्रतिनिधिसभा #प्रधानमन्त्री #प्रत्यक्षप्रश्नोत्तर #सभामुख #संसद् #भदौ१० #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४