Choto Khabar Logo

प्रतिनिधिसभा बैठक साउन १९ सम्म स्थगित

२०८३ श्रावण १४
प्रतिनिधिसभा बैठक साउन १९ सम्म स्थगित
प्रतिनिधिसभाले अर्थसम्बन्धी विधेयक समितिमा पठाउँदै अर्को बैठक साउन १९ गतेसम्मका लागि स्थगित गरेको छ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठक पाँच दिनका लागि स्थगित भएको छ। अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन तथा खारेज गर्ने विधेयक, २०८३ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सभाले स्वीकृत गरेको छ। साथै पूर्वसांसद तथा संविधानसभा सदस्य गोपालमान श्रेष्ठप्रति शोक प्रस्ताव सर्वसम्मत पारित गर्दै सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक साउन १९ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका छन्।

Tags:

#छोटोखबर #प्रतिनिधिसभा #संसद #अर्थविधेयक #गोपालमानश्रेष्ठ #सभामुख #नेपालसमाचार #संसदीयकार्य

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू