देशभर आर्थिक गणना जारी, १२ लाख ९८ हजारभन्दा बढी प्रतिष्ठानबाट विवरण संकलन
२०८३ असार ४

देशव्यापी आर्थिक गणनाअन्तर्गत हालसम्म १२ लाख ९८ हजारभन्दा बढी प्रतिष्ठानबाट विवरण संकलन भइसकेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ अभियानअन्तर्गत देशभर स्थलगत तथ्यांक संकलन जारी राखेको छ। २ वैशाखदेखि सुरु भएको गणनामा ३ हजार ९०६ गणक परिचालित छन्। हालसम्म १२ लाख ९८ हजारभन्दा बढी प्रतिष्ठानबाट विवरण संकलन भएको छ। छुटेका व्यवसायलाई असार ७ भित्र सम्बन्धित कार्यालय वा टोल फ्री नम्बर ११७८ मा सम्पर्क गर्न आग्रह गरिएको छ।
Tags:
#छोटोखबर #आर्थिकगणना #राष्ट्रियतथ्यांककार्यालय #अर्थतन्त्र #प्रतिष्ठान #व्यवसाय #उद्योग #रोजगारी #तथ्यांक #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


