Choto Khabar Logo

रास्वपाको नयाँ विधानमा सभापतिलाई थप अधिकार, संसदीय दलको नेता फेरबदल गर्न सक्ने व्यवस्था

२०८३ असार २२
रास्वपाको नयाँ विधानमा सभापतिलाई थप अधिकार, संसदीय दलको नेता फेरबदल गर्न सक्ने व्यवस्था
रास्वपाको नयाँ विधानले सभापतिमा निर्णयात्मक अधिकार बढाउँदै संगठनात्मक संरचना र राजनीतिक सिद्धान्तमा समेत परिवर्तन गरेको छ।
रास्वपाले संशोधित विधान २०८३ लागू गर्दै सभापतिलाई संसदीय दलको नेता परिवर्तन, वरिष्ठ नेता मनोनयन तथा केन्द्रीय संरचनामा हेरफेर गर्न व्यापक अधिकार दिएको छ। नयाँ विधानअनुसार केन्द्रीय सदस्य संख्या १५८ पुर्‍याइएको छ। साथै, पार्टीको मूल राजनीतिक सिद्धान्त ‘संवैधानिक समाजवाद’लाई परिमार्जन गरी ‘सामाजिक लोकतन्त्र’ बनाइएको छ।

Tags:

#छोटोखबर #रास्वपा #रविलामिछाने #पार्टीविधान #संसदीयदल #वरिष्ठनेता #नेपालराजनीति #सामाजिकलोकतन्त्र

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू