सुगौली सन्धिको सक्कल प्रति विवादमा भारतको जवाफ : द्विपक्षीय संयन्त्रबाट छलफल गर्न सकिन्छ
२०८३ श्रावण २६

सुगौली सन्धिको सक्कल प्रति सम्बन्धी विषय द्विपक्षीय संयन्त्रमार्फत छलफल गर्न सकिने भारतले जनाएको छ।
सुगौली सन्धिको सक्कल प्रति नेपालसँग नरहेको विषयमा भारतले द्विपक्षीय संयन्त्रमार्फत छलफल गर्न सकिने बताएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपाल–भारत सम्बन्ध राम्रो रहेको उल्लेख गर्दै कतिपय विषयमा मतभिन्नता हुनसक्ने बताए। उनले यस्ता विषय समाधानका लागि स्थापित द्विपक्षीय संयन्त्र रहेको बताए। प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूतबीचको भेटवार्ताबारे पनि उनले द्विपक्षीय विषयमा छलफल भएको जानकारी दिए।
Tags:
#छोटोखबर #सुगौलीसन्धि #नेपालभारतसम्बन्ध #नेपालभारत #रणधीरजयसवाल #कूटनीति #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४