सरकारद्वारा राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी
२०८२ पौष १६
राष्ट्रिय सभाको बैठक वैकल्पिक रुपमा सिंहदरवारस्थित कृषि तथा प्राकृतिक स्रोत समितिको हलमा बस्ने व्यवस्था गरिएको छ।
सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी गरेको छ। प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालबीच पुस १४ मा छलफल भएको थियो। प्रवक्ता जगदिश खरेलका अनुसार पुस तेस्रो वा चौथो सातामा बैठक बस्ने प्रक्रिया अघि बढ्दैछ। अधिवेशनमा विधेयक, अध्यादेश, प्रतिवेदन र सांसदको प्रश्नोत्तर कार्यक्रम समावेश हुने छ।
Tags:
#राष्ट्रियसभाअधिवेशन #सरकारसमाचार #नेपालराजनीति #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


