संसद् विघटनविरुद्ध एमालेले थप सांसदको हस्ताक्षर जुटाउँदै
२०८२ पौष ९

प्रतिनिधि सभा विघटनविरुद्ध ७५ सांसदको हस्ताक्षरसहित रिट दायर गरेको एमालेले थप सांसदको हस्ताक्षर बुझाउने तयारी गरेको छ।
प्रतिनिधि सभा विघटनविरुद्ध ७५ सांसदको हस्ताक्षरसहित रिट दायर गरेको नेकपा एमालेले थप सांसदको हस्ताक्षर बुझाउने तयारी गरेको छ। एमालेले नागरिक उन्मुक्ति, लोसपा र एकीकृत समाजवादीबाट आएका सांसदसँग छलफल थालेको छ। किसान श्रेष्ठ र रञ्जिता श्रेष्ठले हस्ताक्षर गर्ने जनाएका छन्। अन्य दलमा आन्तरिक मतभेद छ। थप हस्ताक्षर जुटे संसद् पुनर्स्थापनाको पक्षमा १५० भन्दा बढी सांसदको समर्थन सर्वोच्चमा पुग्ने दाबी एमालेको छ।
Tags:
#एमाले #संसद #पुनर्स्थापना #सर्वोच्च #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

कांग्रेस विवाद मुद्दा हेर्दाहेर्दैमा
२०८३ बैशाख ३

रास्वपाको प्रमुख सचेतकमा बुर्लाकोटी चयन
२०८३ बैशाख ३

लेखा समिति सभापतिमा भरत खड्काको उम्मेदवारी
२०८३ बैशाख ३

रास्वपाद्वारा समिति सभापतिका उम्मेदवार तय
२०८३ बैशाख ३