रास्वपाका केन्द्रीय सदस्यलाई रविले दुईदिने प्रशिक्षण दिने
२०८३ भाद्र ५

रास्वपाले पार्टी सञ्चालनसम्बन्धी क्षमता अभिवृद्धिका लागि १०८ केन्द्रीय सदस्यलाई दुईदिने प्रशिक्षण दिने भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना केन्द्रीय सदस्यलाई पार्टी सञ्चालन र कार्यविधिबारे दुईदिने प्रशिक्षण दिने भएको छ। शनिबार र आइतबार बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा हुने अभिमुखीकरण सभापति रवि लामिछानेले दिनेछन्। प्रथम राष्ट्रिय महाधिवेशनबाट ९९ जना निर्वाचित भएकामा शुक्रबार थप ९ जना मनोनीत भएपछि केन्द्रीय सदस्य संख्या १०८ पुगेको छ। विधानअनुसार समिति १५१ सदस्यीय हुनेछ।
Tags:
#छोटोखबर #रास्वपा #रविलामिछाने #केन्द्रीयसमिति #केन्द्रीयसदस्य #अभिमुखीकरण #पार्टीप्रशिक्षण #राजनीति #नेपालराजनीति #रास्वपामहाधिवेशन
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४