जीवित सबै पूर्वप्रधानमन्त्रीविरुद्ध अख्तियारमा उजुरी
२०८३ भाद्र ४

अख्तियार प्रमुख प्रेमकुमार राईले जीवित सबै पूर्वप्रधानमन्त्रीविरुद्ध उजुरी परेको र आयोगले अध्ययन गरिरहेको बताएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जीवित सबै पूर्वप्रधानमन्त्रीविरुद्ध उजुरी परेको छ। बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै प्रमुख आयुक्त प्रेमकुमार राईले पूर्वप्रधानमन्त्रीसम्बन्धी सबै उजुरीमाथि आयोगले अध्ययन गरिरहेको बताएका छन्। उजुरीको विषयमा थप विवरण सार्वजनिक गर्न नमिल्ने उनको भनाइ छ। हाल सात पूर्वप्रधानमन्त्री र एक पूर्वमन्त्रिपरिषद् अध्यक्ष जीवित रहेका छन्।
Tags:
#छोटोखबर #अख्तियार #अख्तियारदुरुपयोगअनुसन्धानआयोग #प्रेमकुमारराई #पूर्वप्रधानमन्त्री #भ्रष्टाचार #अनुसन्धान #राज्यव्यवस्था #सुशासन #नेपालराजनीति
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४