Choto Khabar Logo

आईजीमाथि सांसदको व्यवहारप्रति गृहमन्त्री गुरुङको असन्तुष्टि

२०८३ श्रावण २९
आईजीमाथि सांसदको व्यवहारप्रति गृहमन्त्री गुरुङको असन्तुष्टि
आईजी दानबहादुर कार्कीमाथि सांसदले गरेको व्यवहारप्रति गृहमन्त्री सुधन गुरुङले असन्तुष्टि जनाएका छन्।
संसद्को सार्वजनिक लेखा समितिमा गृहसचिव र नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्कीमाथि सांसदले गरेको व्यवहारप्रति गृहमन्त्री सुधन गुरुङले असन्तुष्टि जनाएका छन्। शुक्रबार कानुन समितिको बैठकमा बोल्दै उनले आरोप र उजुरीकै आधारमा कसैको चरित्र हत्या गर्न नमिल्ने बताए। प्रहरी प्रमुखमाथि भएको व्यवहारप्रति सरकार खुसी नरहेको उनको भनाइ थियो। उनले आरोपका आधारमा न्यायाधीश बन्न नहुनेसमेत स्पष्ट पारे।

Tags:

#छोटोखबर #सुधनगुरुङ #दानबहादुरकार्की #नेपालप्रहरी #सार्वजनिकलेखासमिति #संसद् #नेपालसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू