Choto Khabar Logo

निर्वाचन आयोगका पदाधिकारीको नाम संसदीय समितिबाट अनुमोदित

२०८३ श्रावण १३
निर्वाचन आयोगका पदाधिकारीको नाम संसदीय समितिबाट अनुमोदित
संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्त र दुई आयुक्तका लागि सिफारिस गरिएका नाम सर्वसम्मत अनुमोदन गरेको छ।
संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा निर्वाचन आयुक्तमा गुरु वाग्ले र डा. राजीव सुब्बाको नाम सर्वसम्मत अनुमोदन गरेको छ। बुधबार बसेको समितिको बैठकले प्रमुख निर्वाचन आयुक्तको सुनुवाइपछि अनुमोदन गरेको हो। आयुक्त वाग्ले र सुब्बाको संसदीय सुनुवाइ भने मंगलबार सम्पन्न भएको थियो।

Tags:

#छोटोखबर #निर्वाचनआयोग #प्रमुखनिर्वाचनआयुक्त #संसदीयसुनुवाइ #मानबहादुरकार्की #राजीवसुब्बा #गुरुवाग्ले #नेपालसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू