Choto Khabar Logo

पूर्व न्यायाधीशको सम्पत्ति छानबिन रोक्न सर्वोच्चको फेरि अन्तरिम आदेश

२०८३ असार ३१
पूर्व न्यायाधीशको सम्पत्ति छानबिन रोक्न सर्वोच्चको फेरि अन्तरिम आदेश
सर्वोच्चले पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण संकलन र छानबिन रोक्न पुनः अन्तरिम आदेश दिएको छ।
सर्वोच्च अदालतले पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण नमाग्न र उनीहरूमाथि छानबिन नगर्न सम्पत्ति जाँचबुझ आयोगलाई पुनः अन्तरिम आदेश दिएको छ। न्यायाधीश नृपध्वज निरौलाको इजलासले पूर्व न्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंहको रिटमाथि प्रारम्भिक सुनुवाइपछि आदेश जारी गरेको हो। यसअघि पनि सर्वोच्चले यस्तै आदेश जारी गरेको थियो।

Tags:

#सर्वोच्चअदालत #सम्पत्तिछानबिन #पूर्वन्यायाधीश #अन्तरिमआदेश #न्यायपालिका #नेपालकानुन #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू