विश्वकपका खेल देखाउने ३५ अनधिकृत वेबसाइट र एप बन्द गर्न निर्देशन
२०८३ जेठ २८

फिफा विश्वकप–२०२६ को अनधिकृत प्रसारण रोक्न नेपाल दूरसञ्चार प्राधिकरणले ३५ वेबसाइट र एपमाथि प्रतिबन्ध लगाउने प्रक्रिया अघि बढाएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप–२०२६ का खेल अनधिकृत रूपमा प्रसारण गर्न तयारी गरेका ३५ वेबसाइट र एप बन्द गर्न मोबाइल तथा इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ। सूचना तथा सञ्चार मन्त्रालयको पत्रपछि प्राधिकरणले यस्तो कदम चालेको हो। आधिकारिक प्रसारण अधिकार हिमालय स्पोर्ट्स र डिगो ब्रोडकास्टिङ कन्सोर्टियमसँग रहेको छ। केही वेबसाइट तथा एप बन्द हुने प्रक्रिया सुरु भइसकेको छ।
Tags:
#छोटोखबर #फिफाविश्वकप२०२६ #विश्वकप #दूरसञ्चारप्राधिकरण #अनधिकृतप्रसारण #हिमालयस्पोर्ट्स #डिगो #प्रविधिखबर #नेपाल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


