गोविन्दबहादुर कार्की नेपाल सरकारको मुख्य सचिव नियुक्त
२०८३ असार २४

मन्त्रिपरिषद्ले गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको नयाँ मुख्य सचिव नियुक्त गरेको छ।
सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले निर्णय सार्वजनिक गर्दै कार्कीलाई मुख्य सचिवको जिम्मेवारी प्रदान गरिएको जानकारी दिए।
Tags:
#छोटोखबर #मुख्यसचिव #गोविन्दबहादुरकार्की #मन्त्रिपरिषद् #नेपालसरकार #सिंहदरबार #प्रशासन #नेपाल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


