एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशतभन्दा बढीको मत
२०८३ असार २५

एमालेसम्बन्धी मत सर्वेक्षणमा अधिकांश सहभागीले पार्टी रूपान्तरण, नेतृत्व परिवर्तन र संगठनात्मक सुधारको आवश्यकता औँल्याएका छन्।
एमाले निकट युवाको ‘पुनर्जागरण अभियान–२०८२’ अन्तर्गत गरिएको मत सर्वेक्षणमा ९१.४ प्रतिशतले पार्टी रूपान्तरण आवश्यक रहेको बताएका छन्। नेतृत्व, कार्यशैली, नीति र संगठनात्मक संरचनामा परिवर्तनको पक्षमा पनि बहुमत मत परेको छ। सर्वेक्षण प्रतिवेदन बिहीबार महासचिव शंकर पोखरेललाई बुझाइएको अभियानकर्ताहरूले जानकारी दिएका छन्।
Tags:
#छोटोखबर #नेकपाएमाले #पुनर्जागरणअभियान #रूपान्तरण #नेतृत्वपरिवर्तन #संगठनसुधार #मतसर्वेक्षण #नेपालराजनीति
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

