कांग्रेसको १५औं महाधिवेशन व्यवस्थापन समिति गगन थापाको नेतृत्वमा गठन
२०८३ भाद्र २

नेपाली कांग्रेसले गगन थापाको नेतृत्वमा १५औं महाधिवेशन व्यवस्थापन समिति गठन गरेका छन्।
नेपाली कांग्रेसले सभापति गगन थापाको नेतृत्वमा १५औं महाधिवेशन व्यवस्थापन समिति गठन गरेका छन्। महाधिवेशनका लागि आवास, खाद्य, मञ्च व्यवस्थापन, अतिथि सत्कार र स्वास्थ्यलगायत उपसमिति गठन गरिने भएका छन्। मुख्य राजनीतिक प्रस्ताव सभापति थापाले पेश गर्नेछन् भने विश्वप्रकाश शर्मा, पुष्पा भुसाल र गुरुराज घिमिरेले क्रमशः राजनीतिक संस्कृति, प्रदेश निर्वाचन र संगठनसम्बन्धी प्रस्ताव पेश गर्ने भएका छन्। विधान संशोधन समिति पनि गठन गरिने भएको छ।
Tags:
#छोटोखबर #नेपालीकांग्रेस #कांग्रेस #गगनथापा #महाधिवेशन #१५औंमहाधिवेशन #विश्वप्रकाशशर्मा #पुष्पाभुसाल #गुरुराजघिमिरे #राजनीतिसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४