द्वन्द्वपीडितको जीविकोपार्जन र रोजगारीसम्बन्धी रिटलाई सर्वोच्चको अग्राधिकार
२०८३ भाद्र १

सर्वोच्च अदालतले द्वन्द्वपीडितका जीविकोपार्जन, स्वास्थ्य उपचार र रोजगारीसम्बन्धी रिटलाई अग्राधिकारसहित शीघ्र सुनुवाइ गर्न आदेश दिएको छ।
सर्वोच्च अदालतले द्वन्द्वपीडितको जीविकोपार्जन, निःशुल्क स्वास्थ्य उपचार र रोजगारीसँग सम्बन्धित रिट निवेदनलाई अग्राधिकार दिएको छ। न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सोमबार मुद्दालाई पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश दिएको हो। अदालतले द्वन्द्वपीडितका सवाललाई गम्भीर र संवेदनशील भन्दै लिखित जवाफ परेको वा अवधि सकिएको सात दिनभित्र पूर्ण सुनुवाइमा पेस गर्न आदेश दिएको छ।
Tags:
#छोटोखबर #सर्वोच्चअदालत #द्वन्द्वपीडित #अग्राधिकार #न्याय #जीविकोपार्जन #रोजगारी #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४