रास्वपाले पदाधिकारी, केन्द्रीय सदस्य र विभागीय जिम्मेवारी टुंग्यायो
२०८३ भाद्र ५

रास्वपाले ६ पदाधिकारी मनोनीत गरे पनि उपसभापति र महामन्त्री पदमा अझै नियुक्ति हुन बाँकी रहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति विस्तार गर्दै विभिन्न पदाधिकारी, केन्द्रीय सदस्य तथा विभागीय जिम्मेवारी तोकेको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले पुरुषोत्तम यादवलाई सहमहामन्त्री, डा. मनोहर प्रधानलाई कोषाध्यक्ष, बसुमाया तामाङलाई सहकोषाध्यक्ष तथा जगदीश खरेललाई प्रवक्ता मनोनीत गरेको छ। डा. नमिता यादव र सुरेन्द्र चौधरी सहप्रवक्ता बनेका छन्। भुपदेव शाह, सुधन गुरुङ, सुनिल लम्साल, प्रतिभा रावल, भक्तबहादुर राईलगायतलाई केन्द्रीय सदस्य मनोनीत गरिएको छ। शिशिर खनालसहित १० जनालाई सचिवालय सदस्यको जिम्मेवारी दिइएको छ। प्रमोद न्यौपानेलाई संगठन विभाग प्रमुख, विजय जैरूलाई सार्वजनिक सेवा तथा जनगुनासो, डा. तोसिमा कार्कीलाई जनस्वास्थ्य, निशा डाँगीलाई पूर्वाधार, शिशिर खनाललाई अन्तर्राष्ट्रिय तथा कूटनीति र लिमा अधिकारीलाई अर्थ विभागको जिम्मेवारी दिइएको छ।
Tags:
#छोटोखबर #रास्वपा #रविलामिछाने #जगदीशखरेल #मनोहरप्रधान #पुरुषोत्तमयादव #सुरेन्द्रचौधरी #नमितायादव #बसुमायातामाङ #पदाधिकारी #नेपालराजनीति
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४