अभ्यास खेलमा नेपालले क्यानडालाई ६ विकेटले हरायो

admin admin
२०८२ माघ २२
अभ्यास खेलमा नेपालले क्यानडालाई ६ विकेटले हरायो
चेन्नईमा क्यानडाविरुद्ध भएको खेलमा ओपनर आसिफ शेखको अर्धशतकको मद्दतमा नेपाल १२ बल बाँकी राख्दै ६ विकेटले विजयी भएको हो।
आईसीसी टी–२० विश्वकपको दोस्रो अभ्यास खेलमा नेपालले क्यानडालाई ६ विकेटले पराजित गरेको छ। क्यानडाले १६१ रन बनाएको खेलमा नेपालले १८ ओभरमै लक्ष्य पूरा गर्‍यो। आसिफ शेखले ५८ र सन्दीप जोराले ४४ रनको योगदान दिए। यसअघि नेपालले यूएईलाई पनि हराएको थियो।

Tags:

#छोटोखबर #टी२०विश्वकप #नेपालक्रिकेट #अभ्यासखेल #आसिफशेख #सन्दीपजोरा #क्रिकेटनेपाल

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्