समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची: नौं दलले मात्र बुझाए सूची
२०८२ पौष १४

आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि सोमबार साँझ ५ बजेसम्म ९ दलले समानुपातिक उम्मेदवारको सूची बुझाएको छ।
निर्वाचन आयोगमा फागुन २१ को निर्वाचनका लागि नौ राजनीतिक दलले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका छन्। आयोगका अनुसार नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी, माक्सवादी (पुष्पलाल), गतिशिल लोकतान्त्रिक पार्टी, जनता समाजवादी, समावेशी समाजवादी र समावेशी समाजवादी नेपालले सूची पेश गरेका छन्। केही दलले भने निस्सा लिइसकेको तर बन्दसूची भने बुजाउन बाँकी राखेका छन् ।
Tags:
#निर्वाचन #समानुपातिक #बन्दसूची #दलहरू #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


