कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा
admin admin
२०८२ माघ ८

वर्तमान सरकारले असोज अन्तिम साता त्रिवि क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत गर्दै नयाँ सम्झौताका लागि सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।
सरकारले कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत गरेको छ। सहरी विकास मन्त्रालयका अनुसार स्वीकृत गुरुयोजनाअनुसार रंगशालामा थप १० अर्ब रुपैयाँ लगानी गरिनेछ। आवश्यक जग्गा प्राप्ति र नयाँ सम्झौताका लागि सम्बन्धित निकायलाई निर्देशन दिइएको छ। लगानीपछि रंगशाला अत्याधुनिक र क्षमतावान् बन्नेछ।
Tags:
#छोटोखबर #कीर्तिपुरक्रिकेटरंगशाला #राष्ट्रियप्राथमिकता #नेपालक्रिकेट #खेलकुदसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

