आईसीसी टी–२०आई अलराउन्डर वरियतामा दीपेन्द्र पाँचौं स्थानमा झरे
२०८३ जेठ २०

आईसीसी टी–२०आई अलराउन्डर वरियतामा नेपालका कप्तान दीपेन्द्रसिंह ऐरी एक स्थान तल झर्दै पाँचौं स्थानमा पुगेका छन्।
आईसीसीको नयाँ टी–२०आई अलराउन्डर वरियतामा नेपालका कप्तान दीपेन्द्रसिंह ऐरी चौथोबाट पाँचौं स्थानमा झरेका छन्। उनको २३९ रेटिङ अंक भने यथावत् रहेको छ। एसियन गेम्स छनोटअन्तर्गत चीनविरुद्धको खेलमा उनले ब्याटिङ गर्ने अवसर पाएनन् भने विकेट पनि लिन सकेनन्। जिम्बाबेका सिकन्दर राजा शीर्ष स्थानमा कायम छन्।
Tags:
#छोटोखबर #दीपेन्द्रसिंहऐरी #आईसीसी #टी२०आई #अलराउन्डरवरियता #नेपालीक्रिकेट #क्रिकेट #सिकन्दरराजा #एसियनगेम्स #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्