नेकपा संयोजक दाहाल आज नयाँदिल्ली जाँदै, एकता सन्देश सभा सम्बोधन गर्ने
२०८२ पौष २०

दाहाल दिल्लीमा रहँदा उनले सन्देश सभालाई सम्बोधन गर्नेबाहेक अन्य राजनीतिक भेटघाटका कार्यक्रम तय नभएको सचिवालयले जनाएको छ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल आज साँझ नयाँदिल्ली प्रस्थान गर्दैछन्। प्रवासी संगठनहरूको एकता सन्देश सभालाई सम्बोधन गर्न उनी भारत जान लागेका हुन्। भोलि लाजपत नगरमा हुने सभालाई सम्बोधन गरेर दाहाल सोमबार साँझ नै स्वदेश फर्किने कार्यक्रम छ।
Tags:
#प्रचण्ड #नयाँदिल्ली #नेकपा #प्रवासीनेपाली #राजनीति #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


